२२ असार २०८३, सोमबार 1783391181
Banner

खोपमा गम्भीर लापरबाही भएको छानबिन समितिको निर्णय

काठमाडौं : हराएकाे भनिएकाे काेराेनाविरूद्धकाे खाेप छानबिन समितिले खोप अभियानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेकाे छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको छानबिन समितिले कोरोना भाइरसविरुद्धको खाेप पैसा लिएर लगाएको, खोपको उचित भण्डारण नगरेको जनाएकाे हाे।

मंगलबार सार्वजनिक गरिएकाे प्रतिवेदन अनुसार समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्यतथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न पनि सुझाव दिएको छ।

कोरोना भाइरसविरुद्धको २४ लाख खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले ५ सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो।