३ भदौ २०८३, बुधबार 1787153184
Banner

प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादी केन्द्रको बैठक बस्र्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ। दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रले आफ्नो संसदीय दलको बैठक डाकेको हो।

पाँचदलीय सत्तारूढ गठबन्धनमा सहभागी माओवादी केन्द्रको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषय आफ्ना सांसदलाई जानकारी दिन बैठक बोलाएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गर्नुभएको छ ।