२० आश्विन २०८३, मंगलबार 4:33 pm
Banner

भारतीय सेना प्रमुखलाई राष्ट्रपति भण्डारीद्धारा मानार्थ महारथीको पदवी हस्तान्तरण


काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरिएको छ।

सोमबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्नुभएको हो ।

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ।

केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त हुनुभएको पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउनुभएको हो ।