२७ जेष्ठ २०८३, बुधबार 1781112431
Banner

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने सरकारको कदमप्रति एमालेको आपत्ति

काठमाडौं – नेकपा एमालले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने सम्बन्धि व्यवस्थालाई फिर्ता गर्न आग्रह गरेको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै एमाले सांसद शेरबहादुर तामाङले सरकारले ल्याएको नेपाल ऐन संशोधन गर्ने विधेयक फिर्ता गर्न आह्वान गर्नुभएको हो ।

उहाँले आजकै संसद बैठकलाई सरकार पक्षबाट सम्बोधन गरेर कार्यकाल सम्बन्धि विधेयकलाई फिर्ता लिन आग्रह गर्नुभयो। उहाँले जनताको ताजा जनादेश लिने कुरालाई ढिलाई गर्न नहुने स्पष्ट पार्दै निर्वाचन घोषणा गरेपछि संसद अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको अभिमत स्वीकार्न समेत आग्रह गर्नुभयो।

सांसद गोकुलप्रसाद बाँस्कोटाले गठबन्धनले लोकतन्त्रलाई मुठ्ठीभित्र कैद गर्ने गरी संसदको आयू लम्ब्याउन खोजेको टिप्पणी गर्नुभयो। उहाँले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल बढाएर दुई महिनामा के षडयन्त्र गर्न खोजेको भन्दै प्रश्न गर्नुभयो।

उहाँले संसदको आयू लम्ब्याउनु भनेको लोकतन्त्रलाई गिज्याउनु भएको टिप्पणी गर्नुभयो। उहाँले असोज १ गतेबाट सांसदको म्याद समाप्त हुने बताउनुभयो।