१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:27 am
Banner

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

सूचना प्रेस २०७८ फाल्गुन ४ बुधबार ००:००, ०६:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्नेछ । बैठकमा आजको प्रतिनिधिसभा बैठकका कार्यसूची, प्रतिपक्ष दलले गर्दै आएको संसद् अवरोधलगायत विषयमा छलफल हुनेछ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । कार्यव्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ ।