१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:25 am
Banner

महिला साफ च्याम्पियनसीप : भुटानविरुद्ध नेपाल ४ गोलले विजयी

सूचना प्रेस २०७९ भदौ २१ मंगलबार ००:००, १९:३३ बजे १ मिनेट पढाइ

काठमाडौं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपाल भुटानलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा नेपाल ४-० गोलले विजयी भएको हो।

नेपालका लागि सावित्रा भण्डारीले १२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। सावित्रा ६३औं मिनेटमा दोस्रो गोल गरेकी थिइन्। त्यस्तै अनिता बस्नेतले ७२औं र ८४औं मिनेटमा गोल गरेकी थिइन्। 

साफ च्याम्पियनसीपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छन्। सहभागी सातवटै राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। 

समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स र समूह ‘बी’ मा नेपालसहित श्रीलंका र भुटान छन्।