३ भदौ २०८३, बुधबार 1787166778
Banner

जनार्दन शर्माद्वारा माओवादी केन्द्रको उपमहासचिव पद अस्वीकार !  

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्रको उपमहासचिव पद अस्वीकार गर्नु भएको छ।

आज अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताउनु भयो ।

शर्मा, महासचिवका दावेदार हुनुहुन्थ्याो। तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए । माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राख्नु भयो ।

पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भन्नुभयो, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’