१९ आश्विन २०८३, सोमबार 12:21 am
समाचार

प्रेस चौतारीका तर्फबाट बस्नेत र शर्मा समानुपातिक सिफारिस

काठमाडौं – आगामी संघीय निर्वाचनका लागि नेकपा एमालेको जनसंगठन प्रेस चौतारी नेपालले दुईजना नेतालाई समानुपातिक साँसदमा सिफारिस गरेको छ ।

आज बसेको सचिवालयको बैठकले अध्यक्ष गणेश बस्नेत र सल्लाहकार निर्मला शर्मालाई सिफारिस गरेको महासचिव हिरामान लामाले जानकारी दिनुभयो ।