२४ भदौ २०८३, बुधबार 1788933412
Banner

निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहीबार आयोगले पहिलो हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो।

स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने छ।

यसैगरी असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।

असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी तोकिएको छ।

यी सबै निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन्। कार्यक्रम सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिएको छ।