१९ आश्विन २०८३, सोमबार 3:57 am
Banner

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित 

काठमाडौं । प्रतिनिधिसभाको बैठक यही फागुन ६ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठक आउँदो शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधका बीच थारु आयोगको प्रतिवेदन पेस गरियो ।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको नाम लिष्ट सभामुख अग्नि सापकोटाले सूचना प्रकाशित नगरेको भन्दै एमालेले लगातार रूपमा संसद् बैठक अवरोध गर्दै आएको छ।

आजको बैठक पनि सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर नाराबाजी गर्दै संसद अवरोध गर्न बेल घेराउ गरेका थिए।