९ मंसिर २०८१, आइतबार 1732447798
Banner

सिट बाँडफाँडमा सहमति नभएपछि आजपनि सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताको निर्णयक भनिएको छलफल निष्कर्षविहीन हुँदै आएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन असफल भए पछि आजका लागि फेरि बैठक बोलाइएको छ । बैठक आज बिहान ८ बजे पुन बस्ने नेताहरुले बताएका छन् । हिजोको बैठकमा कार्यदलले बुझाएको अपुरो प्रतिवेदनमाथि शीर्ष नेताहरुले छलफल गर्ने भनेका थिए । तर एक नेताले भने कुनै लिखित प्रतिवेदन नै नआएको बताएका छन् ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको नेताहरूको भनाइ छ ।