२३ भदौ २०८३, मंगलबार 1788923868
Banner

क्रिप्टो कारोबारको आरोप लागेका विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ धरौटीमा छुटे

क्रिप्टो कारोबारको आरोप लागेका विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई कारागार चलान गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले एक अर्ब बढी जरिबाना माग गर्दै मुद्दा चलाएका ‘क्रिप्टो’ कारोबारी अमित श्रेष्ठ १५ लाख धरौटीमा छुटेका छन् । उच्च अदालत पाटनको गत बिहीबारको आदेशअनुसार उनी धरौटी रकम बुझाएर आइतबार छुटेका हुन् ।

काठमाडौं प्रहरी परिसरले ४८ करोड ४ लाख ७२ हजार ५४८ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।

अभियोगमा दाबी गरिएको सजायअनुसार श्रेष्ठलाई बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा ७ वर्षसम्म कैद वा दुवै सजाय माग गरिएको थियो।