जनकपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ठूलो संख्यामा पार्टी प्रवेश गराउन जनकपुर जाँदैहुनुहुन्छ ।
एमाले जनकपुरका अनुसार तिरुतियामा हुने कार्यक्रममा जनता समाजवादी,काँग्रेस,लोकतान्त्रिक समाजवादी र माओवादी पार्टी छोडेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेशको तयारीमा छन् । यसका लागि स्थनीय पार्टी र केन्द्रीय नेताहरुले लामो समय देखि प्रयास जारी राखेका थिए । आजको कार्यक्रममा कम्तीमा ५ हजार जनालाई एमाले प्रवेश गराइने स्थानीय नेता शम्भू साहले जानकारी दिनुभयो । पार्टी प्रवेशपछि आयोजना हुने बृहत्त जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
अध्यक्ष ओली जनकपुर आउने भनेपछि गाउँगाउँबाट पार्टी कार्यकर्ता र स्थानीय जनताहरु कार्यक्रमस्थल आउने तयारी गरेका छन् । अध्यक्ष ओली आज ११ बजे जनकपुर पुग्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।