२० असार २०८३, शनिबार 1783166397
Banner

डा. गोविन्द केसीले आजदेखि २० औँ अनशन सुरु गर्ने


काठमाडौं । प्राडा गोविन्द केसीले आज दिउँसो ५ बजेदेखि २० औँ अनशन सुरु गर्ने भएका छन्। डा केसीले धनगढीबाट आफ्नो २० औँ अनशन सुरु गर्न लागेको केसीले बताए ।

केसीले सरकारसमक्ष दुई साता समय मागेर पनि मागहरू पूरा नगरेकाले ७ बुँदे मागसहित आज साँझ ५ बजेदेखि सत्याग्रह शुरु गर्न लागेको जानकारी दिए । यसअघि, भदौ १२ देखि सुरु गर्ने भनिएको सत्याग्रह सरकारका तर्फबाट केही समय माग भएको भन्दै उनले सरकारलाई दुई साताको समय दिएका थिए। डा‍ केसी विभिन्न समयमा गरी यसअघि १९ पटकसम्म अनशन बसिसकेका छन्।