३ भदौ २०८३, बुधबार 1787166289
Banner

दोषी ठहर भएका ६१ प्रतिवादी एकैदिन पक्राउ

विराटनगर । अदालतबाट दोषी ठहर भएका ६१ जना प्रतिवादीलाई सुनसरी प्रहरीले एकैदिन पक्राउ गरेको छ।

अपराधिक घटनामा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका ठूलो संख्याका प्रतिवादीलाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले मंगलबार एकै दिन ६१ जनालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार पक्राउ गरेर प्रतिवादीहरुलाई अदालतमा पेश गरिएको छ।