२३ भदौ २०८३, मंगलबार 1788906097
Banner

महिला साफ च्याम्पियनसिपमा नेपाल र भारत भिडदेै

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा आज आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल साँझ साढे बजेबाट सुरु हुनेछ।

नेपाल आज बलियो भारतलाई हराउँदै फाइनलमा पुग्न चाहन्छ। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन। किनकी हरेक संस्करणमा नेपालले भारतबाटै स्तब्ध हुँदै आइरहेको छ।

यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन्। बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ।