३ भदौ २०८३, बुधबार 1787169021
समाचार

थप ११० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं : थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ३८२७ नमूना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७५२ र एन्टिजेनबाट २०७५ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६० र एन्टिजेनबाट ५० नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप १२६ जना कोरोनामुक्त भएका छन्। 

कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।