२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 3:46 pm
समाचार

रगतको अभाव पुरा गर्न हाम्रो सोच युवा समुहद्धारा रक्तदान कार्यक्रम

सूचना प्रेस २०७९ आश्विन २ आइतबार ००:००, १६:२४ बजे १ मिनेट पढाइ

काठमाडौं । रगतको अभाव पुरा गर्न हाम्रो सोच युवा समुहद्धारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँं महानगरपालिका वडा नं ५ हाँडीगाउँस्थित ढुंगेधाराको प्राङ्गणमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

रगतको अभाव पूरा गर्न रक्तदान कार्यक्रम गरिएको हाम्रो सोच युवा समुहका अध्यक्ष विजय कर्माचार्यले बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालले डेँगु रोगका कारण रगत अभाव भइरहेको अवस्थामा रक्तदानजस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । उनले ‘रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए ।’ १८ औं रक्तदान कार्यक्रममा बोल्दै हाम्रो सोचका अध्यक्ष विजय कर्माचार्यले वार्षिक रुपमा हुँदै आएको यस कार्यक्रमलाई रगत अभाव भएको अवस्थामा जुनसुकै बेलामा पनि निरन्तरता दिन सकिने बताए । उनले युवालाई सामाजिक कार्यमा तुरुन्तै परिचालन गर्न सकिने हुनाले रगत अभाव भएको खण्डमा फेरि कार्यक्रमको आयोजना गर्न सकिने बताए ।