८ मंसिर २०८१, शनिबार 1732345322
Banner

टुँडिखेलमा संविधान दिवसको रौंनक (तस्विरहरु)

काठमाडौं-सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस मनाइएको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएकाे दिनमा प्रत्येक वर्ष देशभर संविधान दिवस मनाइने गरिएको हो । टुँडिखेलमा आयोजित आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका समारोहमा 

राष्ट्रपति विद्यादेवी भण्डारी,  उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सरकारका उच्च अधिकारी, मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो भने विविध सांस्कृतिक झाँकीका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट राष्ट्रिय धूनसहित ब्याण्डबाजा प्रस्तुत गरिएको थियो । समारोहलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्नुभएको थियो । समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो ।