१६ असार २०८३, मंगलबार 1782873567
Banner

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर सोमबार नाम सार्वजनिक गरेको हो। 

आयोगले आयोगले महानगरपालिका प्रमुख तथा उपप्रमुख बनेका २०८ लाई जनही सात लाख ५० हजार, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका २१८ लाई जनही ५ लाख ५० हजार, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार बनेका ३७५६ लाई ४ लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार बनेका ४१९६ लाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। 

निर्वाचन खर्च विवरण बुझाउन सूचना जारी गर्दा पनि अटेर गरेपछि जरिवाना गरिएको आयोगले जनाएको छ।