काठमाडौं । २०७४ को निर्वाचन जस्तै काठमाडौं–४ यसपटक २०७९ को निर्वाचनमा पनि चर्चा र वहसमा छ । कारण भने प्रष्टै छ – दुई ‘हेभिवेट’ उम्मेद्वार । एमाले स्थायी समिति सदस्य, विदेश विभाग प्रमुख र प्रवास इन्चार्ज डा. राजन भट्टराई र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच फेरी प्रतिस्पर्धा हुँदैछ । पार्टीभित्रबाट भट्टराई र थापालाई उम्मेद्वारका रुपमा चूनौती दिने अरु देखिएका छैनन् ।
थापा यसअघि दुईपटक २०७० र २०७४ को निर्वाचनबाट निर्वाचित सांसद हुन् र उनी तेश्रोपटक यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्दैछन् । डा. भट्टराई यसअघिको निर्वाचनमा थापाबाट पराजित भएपछि फेरी उनैलाई पराजित गर्ने दृढताकासाथ निर्वाचनमा होमिएका छन् ।
सामान्यत् निर्वाचनमा ‘एन्टी इन्कम्वेन्सी’ पक्ष अर्थात् सत्ता वा सांसदविरोधी मत बढी हुन्छ । गगन थापा लगातार दुइपटक यही क्षेत्रबाट निर्वाचित भएका सांसद हुन् । उनले प्रतिनिधिसभा सदस्यका रुपमा १० बर्ष यो क्षेत्रको प्रतिनिधित्व गरेका छन् । ‘एन्टी इन्कम्वेन्सी फेक्टर’ लाई परिणाम प्रभावित पार्ने एउटा पक्ष मान्दा गगनलाई यो पटक निर्वाचन जित्न गाहो छ । किनकी उनले जे भनेर उक्त क्षेत्रबाट जनप्रतिनिधिका हैसियतमा जनतासँग मत मागेका छन्, तीनमा उनी पूर्णत् असफल छन् । त्यसको एउटा दृष्टान्त – कपनको सडक हो ।
दोश्रो गगन पार्टीका महामन्त्री भएर पार्टीमा उच्च पदमा पुगेका छन्, तर उनले पार्टी नीतिलाई प्रभावित पार्ने हैसियत राख्दैनन् । महामन्त्री भएपछि उनले सभापति शेरबहादुर देउवाले भने अनुसार काम गर्नेवाहेक कुनै नयाँ सोच राख्न सकेका छैनन् । देउवाले पार्टीको प्रतिपक्षी समुहका नेता शेखर कोइरालालाई कमजोर पार्ने हतियारका रुपमा गगनको प्रयोग गरेका छन् । गगनले जतिसुकै प्रष्टीकरण दिएपनि उनलाई देउवाले आफ्नो मिसनमा प्रयोग गरेका छन् ।
तर त्यो भन्दा ठूलो मुद्दा भने निर्वाचन क्षेत्रको हो । पार्टी महामन्त्री भए, देश देशावरका चर्का कुरा गरे तर कपनवासी र क्षेत्रवासीका मुद्दा संवोधनमा उनी पूर्णत बेमतलव रहे । यता कपनवासीको बिचल्ली हुँदा गगन पोखरातिर गएर कार्यकर्तालाई निर्वाचनमा होमिन निर्देशन दिंदैथिए । शायद् त्यही भएर उनको नाम कास्कीबाट पनि प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि सिफारिस भयो । कांग्रेसकै केही कार्यकर्ताका अनुसार, गगनले काठमाडौं ४ मा निर्वाचन जित्न मुश्किल पर्ने बताएपछि कास्कीमा आउन आग्रह गर्दै सिफारिस गरेका थिए । बाहिर भने उनले काठमाडौ ४ बाटै उठ्ने बताइरहेका छन् ।
‘एन्टी इन्कम्वेन्सी फेक्टर’ लाई परिणाम प्रभावित पार्ने एउटा पक्ष मान्दा गगनलाई यो पटक निर्वाचन जित्न गाहो छ । किनकी उनले जे भनेर उक्त क्षेत्रबाट जनप्रतिनिधिका हैसियतमा जनतासँग मत मागेका छन्, तीनमा उनी पूर्णत् असफल छन् । त्यसको एउटा दृष्टान्त – कपनको सडक हो ।
एउटा व्यक्तिलाई लगातार दुई कार्यकाल जिताएपछि मतदाताले स्वभावत विकल्प खोज्छन् । सामान्यत् निर्वाचनको प्रवृति यही हो । त्यहीभएर देशभर अहिले एमाले गढ पनि भत्किएका छन्, कांग्रेसका पनि भत्किएका छन् र माओवादीका पनि । १० बर्षमा एउटा सांसदले क्षेत्रवासीका लागि केही गर्न सकेन भने अव केही गर्न सक्दैन भन्ने प्रष्टै छ । त्यसो त गगन त्यसअघि पनि समानुपातिक सांसद रहेका हुन् । अर्थात् उनले सांसदका रुपमा उनले तीन कार्यकाल बिताएका छन् ।
अर्कोतर्फ, डा. राजन भट्टराईभने निर्वाचनमा पराजित भएपछि पनि निरन्तर क्षेत्रमा क्रियाशिल भएकामात्र छैनन्, कपनवासीका समस्या समाधानमा केन्द्रित छन् । राजनीतिक क्षेत्रमा बौद्धिक दरिद्रता देखिएका बेला भट्टराईले त्यसलाई पहिचान बनाएका छन् । पार्टीमा पनि उनी सबैभन्दा उपरी संरचना स्थायी समिति सदस्य भएका छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली निकट छन् । अर्थात् निर्वाचन जितेपछि उनी मन्त्री बन्न सक्ने क्षमता राख्छन्, जसको घोषणा अध्यक्ष ओलीले २०७४ कै निर्वाचनमा पनि गरेका थिए ।
गगनको प्रधानमन्त्री दावी चाँही व्यक्तिगत दावी भयो, जसलाई सभापति देउवामात्र होइन, गगनकै समुहका नेताले समेत महत्वहिन बनाइदिएका छन् । प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा आफूलाई प्रस्तुत गरेका गगनलाई सभापति देउवा र उनको पक्षले निर्वाचनमै हराउने सम्भावना पनि त्यत्तिकै छ । अर्कातिर, गठवन्धनमा रहेका प्रचण्डले पनि गगनलाई हराउन कांग्रेस सस्थापनलाई सहयोग गर्नेछन् किनकी त्यसोहुँदा कदाचित सरकार बनाउने अवस्था आउँदा प्रचण्डले प्रधानमन्त्रीमा दावी गर्ने एउटा पक्षलाई निस्तेज पार्न सक्छन् । देउवाले त प्रयोग गरेका कारण, उपयोगितामै गगनलाई एक्स्पोज गरी समाप्त पार्ने प्रयास गर्नेनै भए ।
गगनले पहिलाजस्तो मतदान नजिकिंदै गर्दा पहिलाजस्तै कुनै फण्डा प्रयोग गर्न सक्छन् वा त्यस्ता हतकण्ढा प्रयोग गर्न सक्छन् । कुनै नाटकीय विकास हुँदामात्र नभएर यसपटक गगनको निर्वाचित सांसद बन्ने प्रयासमा पूर्णविराम लाग्ने सम्भावना देखिदैंछ ।