२२ कार्तिक २०८१, बिहिबार 1730985542
Banner

तीनकुनेमा चल्यो महानगरको डोजर (तस्विरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको तीनकुनेमा अनधिकृत रुपमा बनाईएका संरचनाहरु मंगलबार डोजर लगाएर भत्काएको छ । ३५ दिने सार्वजनिक सूचना जारी गरी पसल र घरधनीलाई आफै भत्काउन अनुरोध गरेपनि अटेर गरेपछि महानगरले पुनः माइकिङ गरी ताकेता गरेको थियो । महानगरको सूचनालाई वेवास्ता गरी बसेका पसलहरु मंगलबार डोजर लगाएर भत्काइएको हो ।

सडक किनारमा रहेका फुटपाथमा हिँडडुल,आवतजावतमा असहज हुने गरी गरिएको व्यापार व्यवसायलाई बल प्रयोग गरेर भए पनि प्रतिबन्ध लगाउने महानगरको योजना छ ।