२८ भदौ २०८३, आइतबार 1789346028
Banner

भावी रणनीति बनाउन शान्त ठाउँ खोज्दै अध्यक्ष ओली लाँकुरी भञ्ज्याङमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ललितपुरको लाँकुरी भञ्ज्याङ पुग्नु भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची बुझाउने काम सकिएपछि अध्यक्ष ओली फुर्सद निकालेर आज लाँकुरी भञ्ज्याङ पुग्नु भएको हो ।

अध्यक्ष ओली भन्नुभयो, ‘मैले अचानक नै सोचेको हुँ, आज धेरै सिरियस काम रहेन। काम नरहेका बेला फेरि अर्को प्रकृतिको सिरियस काम गरिहालौँ।’

उहाँको सचिवालयले सार्वजनिक गरेको भिडियोमा ओलीले भन्नुभएको छ, ‘केही सोच्ने कुरा, चिन्तन मनन गर्ने कुरा, स्वच्छ वातावरण प्रदूषणरहित डाँडामा बसेर केही भविष्यका योजनाहरु बनाउँ । केही रणनीतिहरु तय गरौं भनेर आएको हुँ।’

कहिले काही फुर्सद निकाल्नुपर्ने भन्दै उहाँले चाह्यो भने समय निकाल्न सकिने बताउनु भयो । उहाँले आफूले काठमाडौं वरीपरीका डाँडाहरू घुमिसकेको पनि बताउनु भयो ।