काठमाडौं – प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको कार्यदलसहित शीर्ष नेताको बैठक बस्दैछ। मंगलबार बिहान र साँझ भएको छलफल निष्कर्ष विहीन भए पछि आज थप छलफल गर्ने गरी बैठक सकिएको थियो।
कार्यदलको बैठकले आज बिहान ८ बजे बैठक बस्ने जानकारी दिएका छन्। प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी सत्ता गठबन्धनको छ। मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पाँच दलले गठबन्धन गर्ने निर्णय गरेका छन्।