२३ असार २०८३, मंगलबार 1783430679
Banner

गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठान्यो : ओली (भिडियो)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताउनुभएको छ ।

पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल लगायतलाई पार्टी प्रवेश गराउने कार्यक्रममा ओलीले अनधिकत मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम गरिरहेको बताउनुभयो । सरकारले कुनै पनि विधेयक ल्याउँदा संविधानको धारा १८१ अनुसार राष्ट्रपतिलाई जानकारी नगराएको भन्दै उहाँले, ‘यो अहंकारी गठबन्धनले धारा १८१ को एक पटक पनि पालना गरेको छैन ।’

गठबन्धनले मसलको भाषा मात्र बोल्न थालेको भन्दै उहाँले एमालेसँग ठोक्किन आए त्यसलाई पनि ठीक पार्ने चेतावनी दिनुभयो ।