१३ श्रावण २०८३, बुधबार 1785332339
Banner

१० बुँदे सहमति गरेर डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं – बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडेका छन्। सरकारसँग शनिबार साँझ १० बुँदे सहमति गरेपछि डा. केसीले अनसन तोडेका हुन्।

कैलालीको धनगढीमा अनशन सुरु गरेका डा केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।

वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा. केसीका तर्फबाट डा. जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन्।