२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:57 am
विश्व

बङ्गलादेशमा डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु

सूचना प्रेस २०७९ आश्विन ९ आइतबार ००:००, १९:४८ बजे १ मिनेट पढाइ

राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

“अहिलेसम्म महिला र बालबालिका सहित १६ जनाको शव निकालिएको छ,” पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयले सिन्ह्वालाई बताएका छन् । घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ ।