२६ जेष्ठ २०८३, मंगलबार 1781039263
Banner

कांग्रेसको असन्तुष्ट पक्षले आन्दोलन घोषणा गर्‍यो

काठमाडौं -गठबन्धनमा सिट बाँडफाँडमा असहमती जनाउदै नेपाली काँग्रेसको शेखर समुहले पार्टी केन्द्रीय कार्यलयमा धर्ना दिने भएको छ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नेतृत्वले मनोमानी गरेको भन्दै इतर समूहले आन्दोलनको घोषणा गरेको हो।

काठमाडौंको ठमेलस्थित होटल यात्रीमा सोमबार सम्पन्न भेलाले समान हक र न्यायका लागि नेतृत्वलाई दबाब दिन आन्दोलन घोषणा गरेको नेता जगदिश्वरनरसिंह केसीले जानकारी दिनुभयो।

केसीका अनुसार समानुपातिकको बन्दसूची सच्याएर आफ्नो समूहका नेताहरुको नाम समावेशका लागि दबाब दिन असोज १२ गते पार्टी कार्यालय सानेपामा धर्ना कार्यक्रम तय गरिएको छ।

मध्यान्ह १२ बजे सुरु हुने धर्ना कार्यक्रम दुई घण्टासम्म जारी रहनेछ ।

भेलाले असोज १३ गते शेखर समूहका पहिलो तहका नेताहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ।

बत्तिसपुतलीको अनुपम फुडल्यान्डमा कार्यक्रम गरेर नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायतका नेताहरुसँग छलफल गरिने बताइएको छ।

संघीय र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरण गर्दा ४० प्रतिशत भाग पाउनुपर्ने माग गर्दै इतर समूहका दोस्रो तहका नेताहरु दबाबमुलक कार्यक्रम गर्दै आएका छन्।