८ मंसिर २०८१, शनिबार 1732345999
Banner

सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । आगामी निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडबाफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटबारे थप छलफल भइरहेको छ ।

गठबन्धन दलमा पछिल्लो समय विद्रोह सुरु भइरहेको छ । टिकट नपाउने कनफर्म भएका जिल्लामा विद्रोह देखिएसँगै माओवादी धेरै तनाबमा छ । उता नेपाली कांग्रेसको शेखर कोइराला पक्षले सम्मानजनक भाग नपाए विद्रोह गर्ने बताएगै कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासमेत तनावमा छन् । कांग्रेसको शेखर–गगन समूहले समानुपातिक सूची सच्याउन र आफूहरूलाई ४० प्रतिशत भाग सुनिश्चित गर्न माग गर्दै आन्दोलन घोषणा गरिसकेको छ । शनिबार काठमाडौंमा खबरदारीसभा गरेका इतर समूहका दोस्रो तहका नेताहरू भोलि सानेपास्थित कांग्रेस मुख्यालयमा धर्ना दिने निर्णय गरेका छन् ।