३ भदौ २०८३, बुधबार 1787166589
Banner

अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ काठमाडौंमा

काठमाडौं : अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ केनेदी त्रुदो नेपाल आइपुगेकी छन्।

भ्रमणका क्रममा उनले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

भेटघाटका क्रममा त्रुदोले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा सञ्चारमाध्यमको भूमिकासम्बन्धी कार्यक्रमलगायत नेपालका अल्पसंख्यक समूहका अभियन्ता/कार्यकर्तासँग समेत भेटघाट गर्ने अमेरिकी विदेश विभागले आफ्नो साइटमा उल्लेख गरेको छ।

भ्रमणका क्रममा उनले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने विभागले जनाएको छ।