काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी घोषणा गरेका छन् । राप्रपासँग एकता गरेको दुई दिनपछि नै शुक्रबार मिश्रले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।
मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा।प्रकाशचन्द्र लोहनी उपस्थित भएका थिए । मिश्रले मञ्चमा एक छेउमा चन्दा बाकस पनि राखेका थिए । मिश्र २०७४ मा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए । विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार १३७ मतका साथ निर्वाचित भएका थिए ।
यो पटक पनि मिश्रको प्रतिस्पर्धी सिंह नै हुने देखिन्छ ।