३ भदौ २०८३, बुधबार 1787162377
Banner

डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

ठमाडौं : देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो।

यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।
डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।