२७ भदौ २०८३, शनिबार 1789260445
Banner

सन्दीप नेपाल फर्किए, विमानस्थलबाटै पक्राउ

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आइपुगेका छन् ।

कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएका सन्दीपले प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । उनलाई प्रहरीले विमानस्थलबाट प्रकाउ गरेको छ ।

१० बजे ल्याण्ड हुनुपर्ने विमान झण्डै एक घण्टा आकाशमै फन्को मारेको थियो। मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को मारेको थियो। उनी कतार एअरवेजको ६४८ नम्बरको उडानमार्फत् काठमाडौं आएका हुन्।