३ भदौ २०८३, बुधबार 1787155204
Banner

दशैँको टीका लगाउने क्रम आजपनि जारी

काठमाडौं । आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम आजपनि जारी छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।