२० आश्विन २०८३, मंगलबार 6:50 pm
Banner

पहिरोमा पुरिएर ५ जनाको मृत्यु

काठमाडौं । जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको छ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दुई जना बेपत्ता छन् भने दुई जनाको गम्भीर अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका दुई जनालाई उपचार निम्ति अस्पताल पठाइएको छ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।