२० आश्विन २०८३, मंगलबार 11:04 pm
Banner

डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार गत साउन यता बढेको डेंगु ज्वरोको कारण हालसम्म मृत्यु हुनेको संख्या ४२ पुगेको हो। यो संख्या नेपालमा डेंगु भित्रिएपछिकै सबैभन्दा धेरै हो।

यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।

यस्तै, डेंगु संक्रमितको संख्या पनि ३२ हजार नाघेको छ। मन्त्रालयको पछिल्लो विवरण अनुसार यो वर्ष डेंगु संक्रमितको संख्या ३२ हजार १२१ जना पुगेको छ भने ७६ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन्।