८ मंसिर २०८१, शनिबार 1732426517
Banner

आगामी चुनावमा उमेदवार नबन्ने सभामुख अग्नि सापकोटाको घोषणा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।

‘पार्टी, सिन्धुपाल्चोक र खासगरी क्षेत्र नम्बर १ का मतदाता तथा शुभचिन्तकहरुले पुनः पनप्रतिनिधिको भूमिका निर्वाह गरोस् भन्ने शुभेच्छा राख्नु भएकोमा धन्यवाद दिँदै आगामी २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेको निवेदन गर्न चाहन्छु,’ उनले भनेका छन्।

यसअघि उनी सिन्धुपाल्चोक १ बाट चुनाव जितेका थिए।