८ मंसिर २०८१, शनिबार 1732423847
Banner

गोरखा-२ मा अध्यक्ष प्रचण्डद्वारा उम्मेदवारी दर्ता

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथै राखेर प्रचण्डले मनोनयन दर्ता गराउनु भएको हो ।

अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ मा उठ्न जानु भएको हो । प्रचण्डलाई नेसपा, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थन छ।