२३ कार्तिक २०८१, शुक्रबार 1731120751
Banner

जनमोर्चाका अध्यक्ष केसीले बागलुङ १ बाट दर्ता गराए उम्मेदवारी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराउन केसी शनिनार नै बागलुङ पुग्नुभएको थियो । उहाँले पाँचदलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट निवर्तमान सांसद डा. सूर्य पाठकले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।