८ मंसिर २०८१, शनिबार 1732373412
समाचार

डा.राजन भटटराईको पक्षमा माहोल बनाउँदै काठमाडौं क्षेत्र नं ४ प्रदेश ख का उम्मेदवार आकांक्षी विदुर खड्का

काठमाडौं । नेकपा एमाले काठमाडौ निर्वाचन क्षेत्र नं ४ का नेता बिदुर बिक्रम खड्का आगामी संघीय निर्वाचनमा एमालेलाई जिताउने अभियानमा सक्रिय रुपमा लाग्ने बताउनुभएको छ ।

काठमाडौ जिल्ला कमिटि सचिवालय सदस्य तथा निर्वतमान कार्यालय सचिव समेत रहनुभएका खड्का काठमाडौ निर्वाचन क्षेत्र नं ४ प्रदेश ख मा प्रदेश उम्मेदवारको आकांक्षी हुनुहुन्थ्यो तर अन्तिम समयमा टिकट नपाए पछि उहाँ रुष्ट हुनुभएको थियो।

पार्टीका बिभिन्न तहका नेता तथा कार्यकर्ताहरुसंगको अन्र्तरसंवाद पछि उहाँ हिजो बाट चुनावी अभियानमा लाग्नु भएको हो ।
नेकपा एमालेनै मुलुकको बिकाश र सम्बृद्धि ल्ःयाउने पार्टी र नेपाली जनता एवं लाखौं कार्यकर्ताहरुको भबिष्य बोक्ने पार्टी भएका कारण काठमाडौं क्षेत्र नं ४ मा मात्र नभई देशभर एमालेले बिजय हुनुपर्ने उहाँले बताउनुभयो । काठमाडौं क्षेत्र नम्बर ४ मा एमालेका डा. राजन भटटराईको बिकल्प अरु हुनै नसक्ने भन्दै उहाँ सक्रिय रुपमा चुनावी अभियानमा लाग्नुभएको हो ।