३० जेष्ठ २०८३, शनिबार 1781369686
Banner

राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएपछि जसपाका चार मन्त्री बर्खास्त हुने


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई आज बर्खास्त गर्ने तयारी गरेका छन् ।

जसपाले सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले जसपाबाट मन्त्री बनेका राजेन्द्र श्रेष्ठ, इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रसिंह यादवलाई बर्खास्त गर्ने तयारी गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएका कारण तत्कालका लागि बर्खास्त रोकिएको हो । कोरोना संक्रमण भएपछि राष्ट्रपति भण्डारी स्वास्थ्य लाभ गरिरहनुभएका कारण रोकिएको हो । मन्त्रीहरू बर्खास्त गरिसकेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । राष्ट्रपतिज्यू अस्वस्थ भएर आराम गरिरहनुभएकाले प्रमाणित गर्ने अवस्था छैन,” स्रोतले भन्यो, “ढिलोमा उहाँको स्वास्थ्यमा सुधार आउँदासम्म मन्त्रीहरू बर्खास्त हुनेछन् ।” सरकारमा जसपाका तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादव, वन तथा वातावरणमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई छन् ।