२३ कार्तिक २०८१, शुक्रबार 1731102397
Banner

रेशम चौधरीको उम्मेदवारी खारेज

बर्दिया : नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। बर्दिया क्षेत्र नं २ बाट वारेसनामामार्फत् उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

फौजदारी अभियोग लागेका चौधरी काठमाडौंस्थित डिल्ली बजार जेलमा रहेका छन्। अघिल्लो निर्वाचनमा चौधरीले कैलाली क्षेत्र नं १ बाट विजयी भएका थिए। सो क्षेत्रमा उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएकी छन्। 

टीकापुर घटनामा जिल्ला र उच्च अदालतले दोषी ठहर गरेका चौधरीले डिल्लीबजार कारागारमा बसेर आफूमाथिको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। रेशमको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ।