४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:12 pm
समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

सूचना प्रेस २०७९ आश्विन २६ बुधबार ००:००, १७:०७ बजे १ मिनेट पढाइ

झापा– झापाको कन्काई नगरपालिका–३ कोटिहोम जंगलमा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोरङको उर्लाबारी  नगरपालिका–४ बस्ने ५३ वर्षीय नागेन्द्र प्रसाद कोइराला रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । 

को २५ प ४६ ५१ नम्बरको मोटरसाइकल आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।