८ मंसिर २०८१, शनिबार 1732373874
Banner

मधेसका मुख्यमन्त्रीले गठबन्धनका मन्त्री हटाउने तयारी

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सत्ता गठबन्धनका मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् ।

बिहीबार संघ सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएपछि आफ्नो नेतृत्वमा रहेको प्रदेशका सरकारका मन्त्रीहरूलाई राउतले हटाउने तयारी गरेका हुन् ।

मुख्य मन्त्री राउतले आज नै हटाउने तयारी गरेको मुख्यमन्त्री निकट एक नेताले जानकारी दिए ।

मधेस प्रदेशमा जसपा‚ कांग्रेस‚ माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार छ ।