८ मंसिर २०८१, शनिबार 1732406704
Banner

मधेश प्रदेशमा मुख्यमन्त्रीद्धारा कांग्रेसका मन्त्री बर्खास्त

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन सुझाब दिए पनि राजीनामा नदिएपछि बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए ।