२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:13 am
Banner

एथ्लेटिक्स १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण

सूचना प्रेस २०७९ आश्विन २९ शनिबार ००:००, ११:३६ बजे १ मिनेट पढाइ

काठमाडौँ ।  नवौँ बृहत् राष्ट्रिय खेलकुदको एथलेटिक्सतर्फ महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । 

पोखरा रङ्गशालामा शनिवार बिहान भएको दौडमा १३औँ दक्षिण एसियाली खेलकुद (साग)की समेत स्वर्ण पदक विजेता रहेकी सन्तोषीले बागमती प्रदेशलाई एथलेटिक्सतर्फ पहिलो स्वर्ण जिताएकी हुन् । 

सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२.२९ सेकेन्डमा पूरा गरिन् । यस्तै, नेपाल पुलिस क्लबकी राजपुरा पछाईले रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् ।

राजपुराले ३६ मिनेट २९ सेकेन्डमा पूरा गरेकी थिइन् । कास्य विजेता पुष्पाले ३७.०४ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् ।