३ भदौ २०८३, बुधबार 1787152635
समाचार

५२ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो। १७६३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

७४५ जनाको पिसिआर गर्दा ४५ जना र १०१८ जनाको एन्टिजेन गर्दा ७ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर ६६७ जनामा सक्रिय संक्रमित छन्।