१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:43 am
Banner

समानुपातिक निर्वाचनका लागि मतपत्र छपाइ सकियो, १८ जिल्लामा ढुवानी

सूचना प्रेस २०७९ आश्विन २९ शनिबार ००:००, १९:५२ बजे १ मिनेट पढाइ

काठमाडौं :  मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ। 

आयोगका अनुसार ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको हो। प्रतिनिधि सभातर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्र छापिएको छ।

यसैगरी सातवटै प्रदेशका लागि समानुपातिकतर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आज शनिबारसम्म १७ लाख मतपत्र छपाइ भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। 

हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ।