८ मंसिर २०८१, शनिबार 1732406959
Banner

प्रधानमन्त्री र दुर्लभ थापाले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ — निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । कामचलाउ भूमिकामा रहेको सरकारले दूरगामी निर्णय गरेको भन्दै आयोगले मंगलबार स्पष्टीकरण सोधेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता समेत जनाएको अवस्थामा नयाँ नीति पारित गरेको हो वा होइन भन्दै आयोगले स्पष्टकीरण सोधेको हो ।

आयोगले प्रधानमन्त्री कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘सरकारले नयाँ नीति तथा कार्यक्रम पारित गरेको हो वा होइन ? आयोगको सहमती बेगर नयाँ नीति कार्यक्रम गरेको हो भने सम्बन्धित पदाधिकारीलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा किन कारबाही नगर्ने ?’ आयोगले प्रधानमन्त्री कार्यालयलाई बुधबारसम्म यी प्रश्नको जवाफ दिन निर्देशन दिएको छ । आयोगले भक्तपुर क्षेत्र नं २ का कांग्रेसका उम्मेदवार दुर्लभ थापालाई पनि आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको छ ।