काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३:७ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको हो।
नेपाल र चीनको सीमामा भूकम्पको केन्द्रबिन्दु मापन गरिएको छ। भूकम्प नेपाल, चीन र भारतमा मापन गरिएको एजेन्सीहरुले जनाएका छन्।